काठमाडौं, १४ जेठ २०८२ः
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले बुधबार उक्त आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको हो।
पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले मंगलबार रिट दर्ता गरेका थिए। रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार आवश्यक विज्ञता नपुगेको व्यक्तिलाई नियुक्त गरिएको आरोप लगाइएको छ।