सरकारले भोलि संसदमा बजेट प्रस्तुत गर्दै, १९ खर्ब हाराहारीको हुने

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट भोलि (जेठ १५) संसदको संयुक्त बैठकमार्फत प्रस्तुत गर्ने भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। संविधान अनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी वर्षको आय–व्ययको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षको बजेटको कूल आकार करिब १९ खर्ब रुपैयाँ हाराहारी रहनेछ। मन्त्रालयले बजेट तयारीको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!