काठमाडौं, १४ जेठ २०८२ः
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डम्बरबहादुर बमलाई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त गरेको छ।
पशु सेवा परिषद् ऐन, २०७६ को दफा ५(१)(क) अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत बमको नियुक्ति गरिएको हो। बम नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका वरिष्ठ उपाध्यक्षसमेत हुन्।
