लम्पी स्किन रोग फैलिन थालेपछि पशु सेवा विभागद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौं, १५ जेठ २०८२ः

पशु सेवा विभागले हाल गाई र भैंसीमा लाग्ने लम्पी स्किन रोगको जोखिमलाई गम्भीरतापूर्वक लिँदै देशभरका पशुपालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागका अनुसार लम्पी स्किन रोग एक प्रकारको विषाणुजन्य संक्रामक रोग हो, जुन लामखुट्टे, झिंगा, किर्ना, भुसुना जस्ता कीटपतङ्गहरूको टोकाइबाट सर्छ। साथै, संक्रमित पशु सर्ने स्थानमा लैजाँदा वा प्रत्यक्ष सम्पर्कबाट पनि रोग सर्न सक्ने भएकाले रोगको तीव्र संक्रमण फैलन सक्ने खतरा रहेको जनाइएको छ।

विभागले रोगको शीघ्र नियन्त्रणका लागि तल उल्लेखित सावधानीहरू अपनाउन सबैमा अपिल गरेको छ:

स्वस्थ गाई भैंसीलाई अनिवार्य खोप लगाउने।

गोठ तथा फार्म परिसरमा सफाइ, कीटपतङ्ग नष्ट गर्ने उपाय अपनाउने।

गोठ भित्र वा बाहिर ब्लिचिङ पाउडर, फर्मालिन, ग्लुटरअल्डिहाइड आदि रसायन प्रयोग गरी निःसङ्क्रमण गर्ने।

रोगको शंका लागेका पशुहरूलाई बथानबाट अलग राख्ने।

मरेका पशुहरूलाई गहिरो खाल्डो खनी गाड्ने।

संक्रमित क्षेत्रबाट पशु ओसारपसार नगर्ने, गर्नै परेमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र आवश्यक पर्ने।

फार्मको प्रवेशद्वार तथा खोर बाहिर फुटबाथ (रसायनयुक्त निःसङ्क्रमण स्थल) को व्यवस्था गर्ने।

नयाँ पशु बथानमा मिसाउनु अघि कम्तीमा २८ दिन अलग राखी निगरानी गर्ने।

विभागले यो रोग फैलिन नदिन तत्काल रोकथाम र नियन्त्रण नै सबैभन्दा प्रभावकारी उपाय भएको स्पष्ट गर्दै, लम्पी स्किन विरुद्धको खोप जिल्ला पशु सेवा कार्यालय तथा स्थानीय तहका पशु सेवा शाखाबाट निशुल्क उपलब्ध हुने जानकारी दिएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले यस रोगबाट पशुधनको ठूलो क्षति हुन सक्ने भएकाले सबैले सावधानी अपनाउन विशेष आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!