मध्यपुर थिमि, १५ जेठ २०८२ः
युवाहरूको नेतृत्व, चरित्र विकास र सामाजिक जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित मध्यपुर मोडल क्याम्प – २०८२ को आज भव्य सुरुवात गरिएको छ। मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख बिजय श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरु भएको यो तीनदिने स्काउट अभियानमा ३२५ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ।
“कर्मठ, इमान्दार, क्षमतावान र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सबल नागरिक निर्माण” भन्ने मुल नारासहित सुरु गरिएको क्याम्पले युवाहरूको सर्वांगीण विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
क्याम्प अवधिभर स्काउट मूल्य, नेतृत्व क्षमता, सामाजिक सेवाको भावना र आत्मअनुशासन जस्ता विषयमा विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछ। आयोजकहरूले क्याम्पले विद्यार्थीहरूलाई समाजप्रति जिम्मेवार र प्रेरणादायी नागरिक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
PC: Sachin bajracharya

