काठमाडौं, १५ जेठ २०८२:
जिउँदो ब्रोईलर कुखुराको मूल्यमा कमी आएको छ। २०८२ साल जेष्ठ १६ गते शुक्रबारदेखि लागू हुने गरी कुखुराको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले घटाइएको छ।
नया मूल्य अनुसार कुखुराको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो २५०/- रुपैयाँ कायम गरिएको छ।
मूल्य घटाउने निर्णय आपूर्ति तथा मागको समीकरण, उत्पादन लागत, र बजारको अवस्था मूल्याङ्कन गरेर गरिएको जनाएको छ ।