काठमाडौ, १० असार २०८२ः
नेपाल लेयर्स कुखुरा पालक संघले भोलि देखि लागु हुने गरी अण्डाको मुल्य बृद्दि गरेको छ।
संघको आज बसेको बैठकको निर्णय अनुसार चितवनलाई आधार मानी अण्डाको न्यूनतम समर्थन बिक्री मूल्य निर्धारण गरेको हो। असार ११ संघका सचिव मदन पोखरेलका अनुसार ठूलो अण्डा (१३.६–१३.८ के.जी.) : प्रति क्रेट ४८० रुपैयाँ र मध्यम अण्डा (१२.६–१२.८ के.जी.) : प्रति क्रेट ४५० रुपैयाँ निर्धारण गरेको छ। यो मुल्य संघले यस अघि जेठ १७ गते लागु गरेको मुल्य भन्दा प्रति क्रेट रु १५ बढि हो।
संघले देशभर अण्डा वितरण हुने डिपोहरूसम्म चितवनबाट लोड गरिने क्रममा लाग्ने अतिरिक्त खर्चबारे पनि जानकारी दिएको छ। चितवनबाट डिपोमा अण्डा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त लाग्नेछ।
संघले सबै सरोकारवाला पक्षहरूलाई निर्धारण गरिएको मूल्यलाई आधार मानी कारोबार गर्न अनुरोध गरेको छ।