काठमाडौँ, ११ असार २०८२ः
पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. झा, तत्कालीन सह लेखापाल अनिल लिम्बू, मोदक एड्भटाइजिङ प्रा. लि. तथा सो कम्पनीका प्रोप्राइटर कौशल राज सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियारका अनुसार भेटेनरी कार्यालय भवन निर्माणका लागि कुनै पनि सूचना बिना बोलपत्र आह्वान गरिएको थियो। प्रतिवादीहरू मिलेमतोमा झूटो बिल तयार गरी एक लाख २९ हजार ६६७ रुपैयाँको भुक्तानी लिएको आरोप उनीहरूमाथि लागेको छ।