भेटेरिनरी सेवा क्षेत्रको वर्तमान अवस्था र सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, ११ असार २०८२ः

नेपाल भेटेरिनरी एशोसिएसनको ५८ औं स्थापना दिवसको अवसरमा “नेपालमा भेटेरिनरी सेवाः वर्तमान स्थिति र सम्भावनाहरू” विषयक विशेष अन्तरक्रिया कार्यक्रम काठमाडौंको त्रिपुरेश्वरस्थित भेटेरिनरी कम्प्लेक्समा बुधबार सम्पन्न भएको छ।

एशोसिएसनका अध्यक्ष डा. केदार सुबेदीको अध्यक्षतामा बरिष्ठ भेटेरिनरीयन डा, नरेन्द्र बहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रममा भेटेरिनरी क्षेत्रका अग्रज तथा पुर्व अध्यक्षहरू डा. भोला मेहर श्रेष्ठ, डा. प्रल्हाद सापकोटा, डा. बज्र किशोर प्रसाद शाह, डा. बिमल कुमार निर्मल, डा. शितल काजी श्रेष्ठ, निवर्तमान अध्यक्ष डा. रामकृष्ण खतिवडा, र नेपालको पहिलो महिला भेटेरिनरीयन डा. पूर्णिमा मानन्धरको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा डा. बिमल कुमार निर्मलले ‘नेपालमा भेटेरिनरी सेवाको वर्तमान अवस्था र सम्भावनाका बारेमा प्रस्तुति दिनुभएको थियो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) का पूर्व उपकुलपति डा. आइपी ढकालले समेत ्प्रस्तुतिकरण गर्नुभएको थियो।

“नेपालमा भेटेरिनरी सेवाः वर्तमान स्थिति र सम्भावनाहरू” विषयक विशेष अन्तरक्रिया कार्यक्रमको समन्वय प्रधान सम्पादक डा हिमाल लुईटेलले गर्नुभएको थियो। छलफलमा डा. भोला मेहर श्रेष्ठ, डा. बज्र किशोर शाह, र डा. रामकृष्ण खतिवडा प्यानलिस्टको रूपमा सहभागी हुनुहुन्थ्यो।

छलफलमा नेपालमा भेटेरिनरी सेवा विस्तार, सरकारी नीति, जनशक्ति व्यवस्थापन, उचित तालिम तथा पशुजन्य रोग नियन्त्रण लगायतका विषयमा गहिरो बहस भएको थियो। कार्यक्रमले भेटेरिनरी पेशामा नीतिगत सुधार, सरकारी-निजी साझेदारी, तथा वैज्ञानिक अनुसन्धानमा आधारित योजना तथा उचित तालिमहरु आवश्यक रहेको सन्देश दिएको छ।

एशोसिएसन उपाध्यक्ष डा. राजेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको संचालन महासचिव शंकर न्यौपानेले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!