उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम

जसपाको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव

काठमाडौं, २८ फाल्गुन, २०७९ ।

यहि चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा चारै जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टीबाट दुई जना, जनमत पार्टीबाट एक जना र नेकपा एमालेबाट एक जना गरि चारै जनाको उम्मेदवारी कायम भएको हाे ।

निर्वाचन अधिकृतको कार्यालयले चार जनाकै नाम कायम गरेर अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहनुभएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले पार्टीको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव भएको बताउनुभयो । प्रवक्ता सुमनले उपराष्ट्रपतिका उम्मेदवार प्रमिला यादवले आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!