पोल्ट्री संकट न्यूनीकरणका लागि ह्याचरी उद्योगको निर्णय : एक हप्ताका लागि चल्ला उत्पादन रोक्ने

काठमाडौं, २० असार २०८२ः

नेपाल ह्याचरी उद्योग संघले देशभरका ह्याचरी व्यवसायी सदस्यहरूलाई एक हप्ताका लागि ब्रोइलर तथा कलर ब्रोइलर (कोइलर) चल्ला उत्पादन तथा विक्री वितरण नगर्न आग्रह गरेको छ।

संघका महासचिव ज्ञान बहादुर विसुरालद्वारा हस्ताक्षरित सूचना अनुसार शुक्रबार बसेको विशेष भेलाले पोल्ट्री व्यवसायमा देखिएको पछिल्लो समयको विषम परिस्थिति सुधार गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।

निर्णय अनुसार मिति २०८२ असार २३ गते सोमबारदेखि २०८२ असार २९ गते आइतबारसम्म देशभरका ह्याचरी उद्योगहरूले कुनै पनि ब्रोइलर र कलर ब्रोइलर चल्ला उत्पादन र विक्री वितरण नगर्नु पर्नेछ।

संघले सबै व्यवसायी तथा सरोकारवालाहरूलाई यस निर्णयमा सहकार्य गर्न हार्दिक अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!