भक्तपुर, २२ असार २०८२ः
चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रण र रेबिज रोगको जोखिम न्यूनीकरण गर्न कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप शिविर सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको पशुपन्छी विकास शाखाको आ.व. २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन गरिन लागेको शिविर आगामी असार २४ गतेदेखि २७ गतेसम्म चरणबद्ध रुपमा सञ्चालन गरिने छ। कार्यक्रम चाँगुनारायण नगरपालिकाको आयोजनामा तथा श्री लाइफलाइन भेटेरिनरी हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ।
शिविर पशु सेवा केन्द्र खरिपाटी, वडा नं. २ को नयाँ भवन र श्री फैढोका आधारभूत विद्यालय ताथलीमा सञ्चालन गरिने जनाइएको छ।
शिविरको विस्तृत कार्यक्रम यस प्रकार छ:
असार २४ र २५ गते: पशु सेवा केन्द्र, खरिपाटी (सम्पर्क: डा. सौरभ गेलाल – ९८६०११६८८९)
असार २६ गते: २ नं वडा कार्यालयको नयाँ भवन (सम्पर्क: मनोज कार्की – ९८६०११६२५४)
असार २७ गते: श्री फैढोका आधारभूत विद्यालय, ताथली (सम्पर्क: राजेश कुमार शाह – ९८०३४५०८७७)
नगरपालिकाले सरोकारवाला निकायहरू, संस्थाहरू र स्थानीय बासिन्दाहरूलाई शिविर सफल बनाउन आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ।
थप जानकारीका लागि डा. राजेश कुमार शाह (९८६७४१६६६९) सँग सम्पर्क गर्न अनुरोध गरिएको छ।