वाईसीएल नेपालबारे आएको भ्रामक समाचारको अध्यक्ष पुष्प ओलीद्वारा खण्डन

काठमाडौँ, ९ साउन २०८२ः

विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा वाईसीएल नेपाल बारे प्रकाशित र प्रसारित भ्रामक र कपोकल्पित समाचारप्रति योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले गम्भीर आपत्ति जनाएको छ।

वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले संगठनविरुद्ध लगाइएका आरोपहरू पूर्णतः निराधार, तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेका छन्। उनले केही निश्चित व्यक्तिहरूको स्वार्थका लागि सामाजिक सञ्जालमा फैलाइएको गलत प्रचार–प्रसारले संगठनको साखमा आघात पुर्‍याउने काम भएको बताए।

“वाईसीएलजस्तो अनुशासित र विशाल युवा संगठनमाथि व्यक्तिगत चरित्र हत्या गर्नेसम्मका आरोपहरूमार्फत भ्रम फैलाउने प्रयास गम्भीर छ। यसले हाम्रो वर्गीय आन्दोलन र इमानदार कार्यकर्ताहरूलाई चिन्तित बनाएको छ,” उनले भने।

ओलीले यस्ता हर्कतले अन्ततः वर्गशत्रुलाई हर्षित बनाउने काम भएको भन्दै ती भ्रमपूर्ण समाचारहरूको खण्डन गरेका छन्। साथै, संगठनले गरेका निर्णयहरू कार्यान्वयन गर्न र गराउन सबै तहका कार्यकर्ताहरूप्रति आह्वानसमेत गरेका छन्।

वाईसीएल नेपालले सत्य तथ्य नबुझी भ्रममा नपर्न सम्पूर्ण शुभेच्छुक, समर्थक र आम नागरिकलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!