पोखरा, १४ भाद्र २०८२ः
नेपाल फार्मेसी संघ कास्कीको प्रथम भेलाले साजन भण्डारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। भेलाबाट चयन भएको नयाँ नेतृत्वले कास्की जिल्लामा फार्मेसी व्यवसायलाई सुदृढीकरण गर्दै संघलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। साथै, फार्मेसी पेशासँग सम्बन्धित हक–अधिकार र व्यावसायिक अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने उद्घोष गरिएको छ।
सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिमा अध्यक्ष साजन भण्डारी, उपाध्यक्षहरू अर्जुन धिताल, नवराज पौडेल र महिला उपाध्यक्ष प्रिया शर्मा रहेका छन्। त्यस्तै, महासचिवमा सन्तोष शर्मा, सचिवहरूमा सफल पाण्डे, रामकुमार श्रेष्ठ र सुनिता पौडेल, कोषाध्यक्षमा मिलन क्षेत्री तथा सह–कोषाध्यक्षमा विष्णुप्रसाद ढकाल चयन भएका छन्। साथै, सदस्यहरूमा सुष्मा पोखरेल, संगीता केसी, सागर पुन, नरेन्द्र शाही, राजेश न्यौपानी, विकास खड्का र पवन तिवारी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष भण्डारीले फार्मेसी पेशा स्वास्थ्य सेवा प्रणालीको महत्वपूर्ण आधार भएकाले यसलाई व्यवस्थित, मर्यादित र सबल बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले नयाँ नेतृत्वले जिल्लाभरका फार्मेसी व्यवसायीलाई समेट्दै उनीहरूको हक–हित संरक्षण, सीप अभिवृद्धि र अधिकार सुनिश्चिततामा ध्यान केन्द्रित गर्ने आश्वासन पनि दिएका छन्।