ह्याम्स नागरिक अस्पतालको १७औँ वार्षिक साधारण सभा सम्पन्नः नयाँ ७ सदस्यीय सञ्चालक समिति चयन

मध्यपुर थिमि, २० भाद्र २०८२ः

ह्याम्स नागरिक अस्पतालको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि नयाँ ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ।

Dr-R.S.-Bhandari

नवनिर्वाचित समितिको अध्यक्षमा रामशरण भण्डारी चयन भएका छन्। समितिमा भुवन चक्र जोशी, जितेन्द्र श्रेष्ठ, श्रीभक्त काशिछवा, प्रेम भण्डारी, डी.बी. भण्डारी र डा. सुष्मा देव सदस्य रहेका छन्।

S.B. Kasichhwa

 

अस्पतालका अनुसार नयाँ नेतृत्वले सेवा गुणस्तर थप उन्नत बनाउने, अत्याधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने र सामुदायिक स्वास्थ्यप्रति लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

नागरिक अस्पतालले करुणा र विश्वाससहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ। अस्पतालले आपतकालीन उपचार, शल्यक्रिया, मुटु रोग, स्त्रीरोग, बालरोग, हाडजोर्नी र विभिन्न प्रकारका परीक्षण सेवा अत्याधुनिक प्रविधिबाट उपलब्ध गराउँदै आएको छ। अस्पतालका अनुसार अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीको सुरक्षालाई प्राथमिकतामा राख्दै उच्चतम मापदण्डअनुसार उपचार सेवा दिइरहेको छ। साथै, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अस्पतालले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमजस्ता सामाजिक अभियान पनि सञ्चालन गर्दै आएको छ।

“स्वास्थ्य सेवा केवल रोगको उपचारमा सीमित हुँदैन, यसले विश्वास निर्माण र स्वस्थ जीवन प्रवर्द्धनमा योगदान पुर्‍याउँछ,” अस्पतालले जनाएको छ। आधुनिक पूर्वाधार, निरन्तर सुधार र गुणस्तरीय सेवा मार्फत ‘चिकित्सा उत्कृष्टताको केन्द्र’ बन्ने लक्ष्य अस्पतालले राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!