संस्कृती संरक्षणमा जुट्दै युवा, मध्यपुर थिमिमा घन्किदै धिमेबाजा

मध्यपुर थिमि चैत्र ७, २०७९:
रत्न काजी प्रजापती

मध्यपुर थिमिका विभिन्न टोलहरुमा धिमेबाजा प्रशिक्षण शुरु भएको छ। नजिकिदै गरेको बिस्का जात्रालाई मध्यनजर गर्दै प्रशिक्षण शुरु गरिएको हो।

श्री कोशी इनाय गणेश धिमे पुचद्वारा १ महिना अगाडि देखि करिब २५ जनालाई धिमेबाजा प्रशिक्षण दिइरहेको प्रशिक्षक सुसन श्रेष्ठले जानकारी दिनु भयो। मध्यपुर थिमी वडा न ६ मा भैरहेको उक्त प्रशिक्षणमा ८ बर्षिय बालक देखि ४० बर्षसम्मका युवाहरु सहभागी छन ।पछिल्लो समयमा संस्कृति प्रती युवाहरुको आकर्षण बददै गैरहेको पाइन्छ।

अबका युवापुस्ताले संस्कृतिका माध्यमबाट पर्यटन प्रबर्द्धन, जातिय सद्भाव र भातित्व भाबको बिकास गदै स्थानियको आर्थिक स्तर उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउनु पर्ने वाईसियल नेपाल मध्यपुर थिमी नगर समितिका उपाध्यक्ष समेत रहेका युवा प्रशिक्षक श्रेष्ठले बताउनु भयो ।

“परम्परागत संस्कृतिको संरक्षणका लागि युवायुवतीहरुले धिमेबाजा प्रती देखाएको उत्साहले हामिलाई थप हौसला मिलेको छ।” श्रेष्ठले भने।

नेवा समुदायको प्राचीन बाजा धिमेलाई प्राचीन समयमा युद्दको प्रमुख हतियारको रुपमा प्रयोग गर्ने गरिएको पाइन्छ। कमान्डरले धिमेको ध्वनिबाट लडाकुलाई युद्दको अबस्थाबारे जानकारी गराइन्थ्यो।धिमेकै ताल अनुसार युद्दको रणनीतितयार गरिन्थ्यो। पहिले धिमे काठ र छालाबाट तयार हुन्थ्यो भने अहिले काठको सट्टामा तामा र पितलको प्रयोग गर्ने गरिन्छ । धिमेको मूल्य १५ देखि ३० हजार सम्म पर्छ ।

मध्यपुर थिमिमा यहि चैत्र मसान्त, बैशाख १ र २ गते बिस्का जात्रा भब्य रुपमा शुरु हुदैछ।

भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!