भक्तपुरमा राष्ट्रको लागि दुई घण्टे अभियानको शुरुवात आजबाट 

भक्तपुर, ४ चैत, २०७९ :

भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उदेश्यले हनुमन्ते सफाई अभियानले राष्ट्रको लागि दुई घण्टे अभियान सुरु गरेको छ । यो अभियान हरेक हप्ताको एक दिन शनिवार सञ्चालन हुनेछ ।

अभियान अन्तर्गत आज अरनिको राजमार्ग खण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाई अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिनुभयो । अभियानका प्रमुख सल्लाकार पुर्व उधोग मन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका–१ का वडा अध्यक्ष बाबुकाजी डंगोल, बागमती सफाई अभियानका डा.राजु अधिकारी लगायतको सहभागितामा सफाई कार्यक्रम गरिएको हो।

उक्त अभियानमा नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रुप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासंघ लगायत विभिन्न संघसस्था र व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
आगामी हप्ताको कार्यक्रम शनिवार कौशलटार चोकमा सरसफाई गरिने हनुमन्ते सफाई अभियानका उपाध्यक्ष समेत रहेका अभियन्ता रंजितले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!