पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अबरुद्धः बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ, ७ असोज २०८२ः

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज दिउँसो करीब ५ बजे ठूलो पहिरो गए पछि सडक अवरुद्ध बनेको हो ।

त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिनुभयो। पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन कठिन भएको उहाँको भनाइ छ । गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सोमबार मात्रै दुईतर्फी सडक सञ्चालनमा ल्याइएकामा आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!