दुई लाख ५० हजार ९ सय पुग्यो सुनको मूल्य

काठमाडौँ, ३० असोज २०८२ः

नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बिहीबार दुई हजार रुपियाँले बढेर सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य थप बढेको हो । महासङ्घका अनुसार बिहीबार १० ग्राम सुनकै दुई लाख १५ हजार १०५ रुपियाँ पुगेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यसमेत बढेको छ । बिहीबार तीन हजार २७५ रुपियाँ कायम भएको हो । बुधबार चाँदी तोलामा तीन हजार २४० रुपियाँ कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!