मध्यपुर थिमिको न्यु एभरेष्ट पार्टी प्यालेसद्वारा सिन्धुपाल्चोकमा विद्यार्थीलाई पोशाक वितरण

सिन्धुपाल्चोक, १२ मंसिर २०८२ः
रामकृष्ण शंखदेव

मध्यपुर थिमिको न्यु एभरेष्ट पार्टी प्यालेसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको ठोकर्पास्थित श्री रक्तकाली आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको छ।

सुनकोशी गाउँपालिका–१, धारापानीमा रहेको विद्यालयमा आयोजित कार्यक्रममा करिब ४५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। विद्यालयका पूर्वविद्यार्थी नविन तिमिल्सिनाको पहलमा प्यालेसका प्रमुख भक्तलाल श्रेष्ठले सामग्री हस्तान्तरण गर्दै सहयोग गर्न पाउँदा खुशी लागेको र विद्यार्थी संख्या बढेमा आगामी वर्ष पनि सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले दुर्गम क्षेत्रमा रहेका जनजाति समुदायका अभिभावकका बालबालिकालाई वितरण गरिएको सहयोग प्रशंसनीय रहेको बताए। विद्यार्थी अनिषा न्यौपानेले चिसो मौसममा प्राप्त पोशाकले आफूहरूलाई न्यानो वातावरणमा अध्ययन गर्न मद्दत पुगेको अनुभव सुनाइन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकरराज भण्डारी, समाजसेबी परमेश्वर थापा श्रेष्ठ, सञ्चारकर्मी रामकृष्ण शंखदेव, पूर्वविद्यार्थी नविन तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!