सिर्जनशील समाज भरतपुर–४को अधिवेशन सम्पन्न: इश्वरी कडेल नयाँ अध्यक्ष

भरतपुर,

सिर्जनशील समाज भरतपुर–४को अधिवेशन तथा साधारणसभा अध्यक्ष टीकाराम सापकोटाको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा वडा अध्यक्ष अर्पण पोखरेल प्रमुख अतिथि र संस्थापक अध्यक्ष शिवप्रसाद बराल विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रमको सुरुमा उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत मन्तव्य राखे। त्यसपछि महासचिव कविता शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष इश्वरी कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई छलफलपछि पारित गरियो।

प्रमुख अतिथि पोखरेलले समाजका गतिविधिको प्रशंसा गर्दै स्थानीय तह सामाजिक संस्थासँग सहकार्य गर्न तत्पर रहने उल्लेख गरे। संस्थापक बरालले स्थापना उद्देश्य र गरेका कामबारे प्रकाश पारे।
निवर्तमान अध्यक्ष सापकोटाले सहयोगप्रति आभार व्यक्त गर्दै संस्थाका क्रियाकलापबारे जानकारी दिए।

नेत्रप्रसाद ढकाल र नेत्रप्रसाद पौडेलको संयोजनमा सम्पन्न निर्वाचनबाट इश्वरी कडेल अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत चयन भयो। समितिको उपाध्यक्षमा हरिप्रसाद गुरागाई, महासचिवमा सुरेश घिमिरे,सचिवमा प्रदीप अर्याल र कोषाध्यक्षमा लक्ष्मी कडेल चयन भएका छन , त्यसैगरी सदस्यहरुमा दिवाकर अधिकारी, रन्जना कडेल, तारा कडेल चयन भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!