भक्तपुर उद्योग वाणिज्य संघ निर्वाचनः एसोसिएट्स तर्फ शिशिर किसीको शानदार जित

भक्तपुर, २६ पुस २०८२ः

भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा कार्यसमिति सदस्य (एसोसिएट्स तर्फ) पदका उम्मेदवार जि जे पोल्ट्रीका संचालक युवा व्यवसायी शिशिर किसी उत्कृष्ट मतसहित विजयी हुनुभएको छ।

जेन–जी पुस्ताका प्रतिनिधि रूपमा उम्मेदवारी दिनु भएका किसीले अनुभव र युवाको ऊर्जालाई एकसाथ अघि बढाउने स्पष्ट दृष्टिकोणसहित मतदाताको व्यापक विश्वास जित्न सफल हुनुभएको हो।

निर्वाचन अभियानका क्रममा शिशिर किसीले “युवाको हातमा विकास, सबै पुस्ताको साथ” भन्ने नारालाई व्यवहारिक कार्यदिशाका रूपमा अघि सार्दै संघभित्र नीति निर्माण, समस्या समाधान र अवसर सिर्जनामा सबै पुस्ताको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

विजयपछि नौलोआयाम डटकम लाई प्रतिक्रिया दिँदै किसीले आफूलाई विश्वास गरी मत प्रदान गर्ने सम्पूर्ण व्यवसायी प्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो जित व्यक्तिगत होइन, युवाको आवाज र अनुभवी मार्गदर्शनको साझा जित हो। म संघलाई अझ समावेशी, सशक्त र भविष्य उन्मुख बनाउन इमान्दारिताका साथ काम गर्नेछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!