निर्वाचन आयोगद्वारा विशेष महाधिवेशनलाई मान्यताः नेपाली कांग्रेसको सभापतिमा गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति आधिकारिक

काठमाडौँ,२ माघ २०८२ः

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको छ। आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहलाई वैधानिक मान्यता दिएको हो।

आयोगको कानुन शाखाका अनुसार विशेष महाधिवेशनसम्बन्धी विवरण तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गर्नुभएको कागजात अध्ययनपछि आयोगले निर्णय गरेको हो।

निर्वाचन आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगन थापा पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय भएको जनाइएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको उपस्थितिमा भएको निर्णय प्रक्रियापछि विशेष महाधिवेशनलाई आधिकारिक मान्यता दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!