भक्तपुर ।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं. २ मा कुल ७३.३७ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल ९८ हजार २ सय ५६ मतदाता रहेकोमा ७२ हजार ९६ मत खसेको छ।
यस क्षेत्रअन्तर्गत पर्ने दुई नगरपालिका सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा उल्लेखनीय सहभागिता देखिएको छ।
सूर्यविनायक नगरपालिकामा कुल ३९ हजार २ सय ६२ मत खसेको छ। वडागत विवरण अनुसार वडा नं. १ मा ४,४४२, वडा नं. २ मा ४,१७३, वडा नं. ३ मा ३,००९, वडा नं. ४ मा ५,११५, वडा नं. ५ मा ५,९८१, वडा नं. ६ मा १,९१३, वडा नं. ७ मा ३,९१९, वडा नं. ८ मा ४,१५०, वडा नं. ९ मा ३,१७५ र वडा नं. १० मा ३,३८५ मत खसेको छ।
त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा कुल ३२ हजार ८ सय ३४ मत खसेको छ। वडागत विवरण अनुसार वडा नं. १ मा ३,७४९, वडा नं. २ मा २,४३४, वडा नं. ३ मा ४,१२९, वडा नं. ४ मा ४,८०७, वडा नं. ५ मा ४,७९६, वडा नं. ६ मा ३,३८३, वडा नं. ७ मा ३,६२१, वडा नं. ८ मा ३,०५५ र वडा नं. ९ मा २,८६० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
यसपटकको निर्वाचनमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको भन्दै निर्वाचन अधिकारीहरूले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन्।