प्राविधिक सहायक सन्जय चौधरी घुससहित पक्राउ

काठमाडौं, १६ चैत्र २०८२ः

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन तथा निरीक्षण शाखामा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागी दुःख हैरानी दिएको भन्ने उजुरीका आधारमा खटिएको टोलीले चौधरीलाई रु. ३० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उक्त रकमसहित दुई थान मोबाइल बरामद गरिएको जनाइएको छ । उनलाई विभागको परिसरबाटै नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!