भक्तपुर, चैत्र १७, २०७९ः
कृष्ण किसी
नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षकहरुलाई शुक्रबार एक कार्यक्रमवीच सम्मान प्रदान गरेको छ । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुरले भव्य कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो । नेपाल स्काउट बागमति प्रदेशका संयोजक शिवराम अर्यालले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा स्काउटको एडभान्स तालिम (चौथौं तह) उतीर्ण गर्न सफल स्काउटहरुलाई एडभान्स स्कार्फ र उड्विड्स वितरण गरिएको छ ।
कार्यक्रममा नेपाल स्काउट वागमति प्रदेशका सल्लाहकारद्धय रामगोपाल कर्माचार्य र भक्त राजभण्डारी, सदस्य अच्युत प्रजापति, आयोजक संस्थाका संयोजक कृष्णसुन्दर प्रजापति लगायतले सम्मानित स्काउटर तथा एडभान्स तालिममा उतीर्ण हुन सफल स्काउटरहरुले स्काउटको अनुशासनमा रहेर देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरे ।