‘गोसाईकुण्ड सम्पदा सर्किट’ नामक पुस्तकको विमोचन

काठमाडौं,
रिदेन महर्जन

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘गोसाईकुण्ड सम्पदा सर्किट’ नामक पुस्तकको विमोचन गरेका छन् ।

काठमाडौंको उत्तरी क्षेत्रको पुरातात्विक तथा साँस्कृतिक नगरी टोखाका अगुवा मनिराज डंगोलद्धारा लिखित कृति एमालेको जारी पार्टी सदृढीकरण तथा विस्तार अभियान मिसनग्रासरुटमा सहभागी हुँदै गर्दा तयार पारिएको कृति हो ।

‘मिसनग्रासरुटमार्फत समृद्ध नेपाल र सुखी नेपालीको लागि स्रोत तथा सम्पदा, ७५३ पालीकामै जोडिने पदमार्ग निर्माण गरौं’ भन्ने नाराका साथ गोसाईकुण्ड सम्पदा सर्कीटबारे पुस्तकमा जानकारी दिइएको छ ।

कृतिको विमोचन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गोसाईकुण्ड क्षेत्र प्राचीनकाल देखि नै प्राकृतिक, धार्मिक तथा साँस्कृतिक पर्यटनको केन्द्र रहँदै आएको बताउँदै पर्यटकीय सम्भावनाका द्धार खोलेर राष्ट्रलाई नै समृद्धिको बाटोमा लैजान कृतिले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। पोखरेलले पार्टीद्धारा सञ्चालित मिसनग्रासरुट अभियानकै बिचमा यसप्रकारको सिर्जनशिलकार्य गरेकामा डंगोलको प्रशंसा गरे । कृतिमा टोखा–गोसाईकुण्ड सङ्गमस्थलदेखि यस क्षेत्रका सम्पदाको बारेमा जानकारी दिइएको छ ।

साथैं, यस क्षेत्रकाविभिन्न विद्धत तथाअनुभवी व्यक्तिहरुको विचारलाई समेटिएको छ । कृतिको सम्पादन हिक्मत डंगोल र सानुराज डंगोलले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!