निजी विद्यालयहरुमा वर्षैपिच्छे भर्नाका नाममा रकम असुल्ने काम बन्द गरियोस् : सांसद माझी

काठमाडौं, बैशाख ६, २०८०ः

प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराईन।शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको उनको आपत्ति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!