लम्पी स्किन रोगको भ्याक्सिन अब नेपालमा उपलब्ध

बनदेबी भेट फर्माद्वारा जोभ्याकको लम्पी सिल्ड एन भ्याक्सिनको बजारिकरण

काठमाण्डौ, बैशाख १०, २०८०ः
रत्न काजि प्रजापति

पशुचौपायामा माहामारी बन्दै गैरहेको लम्पी स्किन रोगको नियन्त्रणको लागि लम्पी सिल्ड एन ( LUMPY SHIELD – N )नामक भ्याक्सिन नेपाली बजारमा उपलब्ध भएको छ।

जोर्डन बायो इन्डस्ट्रिज सेन्टर जोभाक ( JOVAC ) जोर्डन बाट उत्पादित उक्त भ्याक्सिन बालाजु स्थित बनदेवि भेट फर्माले नेपाली बजारमा उपलब्ध गराएको हो। करिब दुइ बर्षको परिक्षण अनुसन्धान पश्चात उक्त भ्याक्सिन नेपाली बजारमा उपलब्ध भएको हो।

“करिब दुइ बर्ष अगाडी देखिको ट्रायल सफल भए पछि भ्याक्सिनले आयात सिफारिस पाएको हो। यस्को प्रयोग पश्चात महामारीको रुपमा देशै भरी फैलिरहेको लम्पी स्किन रोग धेरै हद सम्म नियन्त्रण हुने बिश्वास लिएको छु। ” भ्याक्सिन आयातकर्ता बनदेबी भेट फर्माका संचालक युवा ब्यबसायी दिबेश थापाले बताउनु भयो।

नेपालमा २०७७ साल साउन १२ गते लम्पी स्किन रोग पुस्टि भएको थियो। त्यस समयमा आठ जिल्लामा यो रोग देखिएको थियो। २०७७ मा आठ जिल्लामा देखिएको यो रोग २०८० सम्म आईपुग्दा करोब ३० जिल्लामा फैलिएको तथ्यांक छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!