महाभारत, बैशाख २६, २०८०ः
मदन ढुंगाना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बतायका छन । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्द सामाजिक न्याय, सुशासन र समृद्धि लाई बढी महत्व दिएको बताउनु भयो।

कार्यक्रमलाइ सम्बोधन गर्दै बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युबराज दुलालले सङ्घियताका कारण मात्र महाभारत जस्तो पिछडिएको भनेर चिनिने पालिकामा बिकाशको मुल फुटाउन सम्भव भएको कारणले संघीयता बिरोधीहरुको झुठो आश्वासनमा नपर्न समेत महाभारतका जनसमुदायलाइ आग्रह गरे ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय संसद सुर्यमान दोङ, बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री युबराज दुलाल, बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईं, नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति रहेको पुर्वाधार बिकास कार्यालय काभ्रेका प्रमुख भरत यादवले जानकारी दिए।