काठमाडौँ , जेठ ४, २०८०ः
भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगी कार्यमा उनको समेत संलग्नता पाइएपछि प्रहरीले आज उनलाई सोधपुछका लागि बोलाएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए। राईले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।