भारतिय दुई हजार रुपैयाँको नोट नचल्ने, ३० सेप्टेम्बरसम्म सटही गरी सक्नु पर्ने

भक्तपुर, जेठ ५, २०८०ः

भारतमा अब दुई हजारको नोट नचल्ने भएको छ । भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन ।

बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ । बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ।

सर्वसाधारणले एकपटकमा २० हजारसम्म नोट सटही गर्नसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!