शंखधरको प्रतिमा बाल्टिमोर अमेरिकालाई हस्तान्तरण

मध्यपुर थिमि :
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाः कम्युनिटी युएसए, बाल्टिमोर, अमेरिकालाई शंखधर साख्वाःको प्रतिमूर्ति हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष्ँ श्यामकृष्ण मानन्धरले राष्ट्रिय विभूति शंखधर साख्वाःको बारेमा प्रकाश पार्दै हालसम्म साख्वाःको प्रतिमूर्ति २५ स्थानमा स्थापना भएको जानकारी गराउनुभयो ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले हस्तान्तरण कार्यक्रम आयोजना गरी उक्त मूर्ति नेपाः कम्युनिटी युएसएका संरक्षक बैकुण्ठमान श्रेष्ठलाई प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले हस्तान्तरण गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा हलिं नेवाः अर्गनाइजेशन नेपाः च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ, संस्थापक अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले शंखधर साख्वाःको बारेमा प्रकाश पार्नु हु“दै साख्वाः विश्वव्यापी प्रचारप्रसार हुनु पर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष सुरेश प्रधानले स्वागत गर्नुभएको उक्त कार्यक्रम नेपाः कम्युनिटी युएसए, बाल्टिमोर अमेरिकारका संरक्षक बैकुण्ठमान श्रेष्ठले शंखधर साख्वाःको प्रतिमूर्ति ग्रहण गर्दै शंखधर साख्वाःको प्रत्येक वर्ष नया“वर्ष मनाउ“दा प्रतिमामा माल्यार्पण गर्ने र निकट भविष्यमा स्थायी रुपमा अमेरिकामै प्रतिष्ठान गर्ने प्रतिवद्धता जनाउ“नुभयो । सोही क्रममा उहा“ नेपालको कला र कलाकारितालाई जोगाउन विशेष नीति नै बनाएर जानुपर्ने र कला र कलाकारितालाई जोगाई राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहा“ शंखधर साख्वाःलाई यहा“सम्म पु¥याउनु हुने प्रतिष्ठान र स्थानीय सरकारलाई धन्यवाद समेत दिनुभएको थियो ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानको मुख्य उद्देश्य भनेकै राष्ट्रिय विभूति शंखधर साख्वाःको बारेमा अनुसन्धान गर्ने, देश–विदेशमा प्रचार प्रसार गर्ने रहेको बताउनुभयो । कार्यक्रम प्रतिष्ठानका सचिव बाबुकाजी साःछे“ श्रेष्ठले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!