काठमाण्डौ, जेठ १०, २०८०ः
सुनिल उलक
बि. सं. १९५२ मा अमेरिकाबाट शुरु भएको यस खेलले नेपालमा सरकारि मान्यता पाउन झण्डै ७८ बर्ष लाग्यो । राष्ट्रिय स्तरको खेल बि. सं. २०३० बाट शुरु भएको हो ।
भलिवल खेलको इतिहास सरसरती हेर्ने हो भने नेपालमा यस खेलको प्रवेश बि.सं. १९९० को दशकमा बेलायती गोर्खा सैनिकहरुबाट भएको भन्ने गरिन्छ । तर सरकारी तथ्य अनुसार पहिलो खेल भने बि.सं. १९९९ मा त्रिचन्द्र कलेजका बिद्यार्थीहरुका बिच खेलिएको भन्ने उल्लेख गरिएको छ । यस अर्थमा नेपालमा भलिवल खेलको इतिहास केवल ८१ वर्षको रहेको छ ।
देशमा राणाशासनबाट मुक्ति पछि बिद्यालयहरु खोल्ने होडसंगै बिद्यार्थीहरुका बिच मनोरञ्जन खेलका रुपमा भलिवल खेलले पनि उपत्यका भन्दा बाहिर पनि खेल्न थालेको देखिन्छ । २००७ साल पछि बिराटनरग, वीरगञ्ज तथा पोखरामा पनि भलिवल खेल्न थालेको देखिन्छ ।
यहाँ राखिएका २०२० साल पछिका तस्विरहरुले यो खेल पिसकोर भोलेन्टियरहरुले ग्रामिणस्तरमा पनि ब्यापक बनाएको सहजै अनुमान गर्न सक्छौ ।
