रक्तचन्दनको तेलसहित ८ जना चुच्चेपाटीबाट पक्राउ

काठमाण्डौ, जेठ १४, २०८०ः

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले करिव २ करोड रुपैंया बराबरको रक्तचन्दनको अवैध तेलसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाण्डौं महानगरपालिका ६ चुच्चेपाटीबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका–७ चावहिल बस्ने ३० वर्षिय सुशिल पाठक, कालिकोट रासकोट नगरपालिका–८ घर भई हाल काठमाण्डौ चावहिल बस्ने २८ वर्षिय बिनोद बराल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका– १५ घर भई हाल काठमाण्डौं कलंकी बस्ने ३६ वर्षिय ज्ञान बहादुर ओली र रामेछाप लिखुतामाकोसी गाउँपालिका–.२ घर भई हाल काठमाण्डौं काडाघारी बस्ने ३५ वर्षिय नविन दाहाल छन ।
यसैगरी रामेछाप लिखुतामाकोसी गाउपालिका–२ घर भई काठमाण्डौं काडाघारी बस्ने ३९ वर्षिय गोकर्ण हरि दाहाल, बाँके कोहलपुर नगरपालिका–११ घर भई हाल काठमाण्डौं.चावहिल सरस्वतीनगर ५८ वर्षिय निल कान्त भुसाल, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई हाल काठमाण्डौं.जडिबुटी बस्ने ६३ वर्षिय मोहन बहादुर बिश्वकर्मा र सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका–६ घर भई हाल काठमाण्डौं महांकाल बस्ने ४० वर्षिय खेमराज घिमिरेलाई पनि पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।
उनीहरुलाई चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर २ लाख ५० हजार रुपैंयाका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिनुभयो । उनीहरुलाई थप कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौ पठाईएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!