करिब ७ दिनको लागि उक्त बाटो बन्द गरिने
मध्यपुर थिमि, जेठ २५, २०८०ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिका वडा न २ स्थित एसओएस बालग्रामबाट मगरगाउ जाने बाटोमा पर्ने १५ वटा रुखहरु काटिने भएको छ। उक्त सडक खण्डको राष्ट्रिय परिक्षा बोर्डको पर्खालसंग जोडिएको बाटो किनारमा रहेको १५ वटा जिर्ण रुखहरु काट्न लागेको हो।
“जोखिमपुर्ण अबस्थामा रहेका करिब १५ वटा रुखहरु बाट कुनै मानबिय तथा भौतिक क्षति नहोस भन्ने उ्द्देश्यले रुख काटन लागेको हो। “डिभिजन बन कार्यालय भक्तपुरका नि डिभिजन बन अधिकृत प्रेम प्रसाद सापकोटाले बताउनु भयो।
भोलि शुक्रबार बिहान ८ बजे देखि रुख कटान कार्य शुरु हुनेछ। रुख कटान सकिन करिब ७ दिन लाग्ने र सो अबधिमा उक्त बाटोमा आवतजावत बन्द गरिने छ।