भक्तपुर , जेठ २७, २०८०ः
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को भक्तपुर जिल्ला समितिमा श्याम वस्नेत निर्वाचित भएका छन् । शनिबार राति सकेको पार्टीको प्रथम भक्तपुर जिल्ला अधिवेशनबाट वस्नेतको अध्यक्षतामा ६५ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रेमानन्द श्रेष्ठ, महिला उपाध्यक्षमा शुशीला श्रेष्ठ ,सचिवमा पुरुषोतम लामिछाने, सहसचिवहरुमा रामगोपाल चगुठी, नमराज ढुंगाना र शोभा श्रेष्ठ चुनिएका छन।
अधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले गर्नुभएको थियो । नवनिर्वाचित वस्नेत यसअघि पनि पार्टी जिल्ला संयोजक थिए ।