भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

शैक्षिक ऋणलाई निरन्तरता दिन रु. २ करोड रुपैया विनियोजन

सामुदायिक विद्यालयका कर्मचारीहरुका लागि प्रतिव्यक्ति मासिक रु. २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था

शीत भण्डार र तरकारी बजार निर्माण गर्न, कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तथा व्यवस्थित वधशाला निर्माण गर्न बजेट छुटाईयो

भक्तपुर, असार १०, २०८०ः

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८०।८१ को लागि रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत भयो ।
विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख ९४ हजार रुपैया अर्थात् ५५.८० प्रतिशत र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैया अर्थात् ४५.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात् ४.१९ प्रतिशत विनियोजन गरेको छ ।
बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैया“ विनियोजन गरिएको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैया“ विनियोजन गरेको छ । त्यस्तै ख्वप कलेज अफ ल का लागि आवश्यक जग्गा खरिद गरेको छ ।
नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड बजेटको व्यवस्था गरिएको छ भने शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन रु. २ करोड रुपैया बजेटमा विनियोजन गरेको छ ।
नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउँदै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक रु. २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ ।
ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको लागि ८ करोड रुपैया“, अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रुपैयास“गै सञ्चालन खर्चका लागि थप ३ करोड रुपैया“ र भनपा वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख र भनपा वा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरेको छ ।
सम्पदा र संस्कृतिक संरक्षणतर्फ भनपा वडा नं. ३ स्थित ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि २ करोड र इन्द्रायणी द्यो छेँ पुनः निर्माणको लागि २० लाख रुपैया“ थप विनियोजन गरिएको छ भने वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख र हाडा छेँ पुनःनिर्माणको लागि ३० लाख रुपैया“ थप विनियोजन गरेको छ ।
भनपा ७ मा साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र वडा नं. २ मा कोसेली घर निर्माणका लागि ५० लाख रुपैया“ विनियोजन गरेको छ भने वडा नं ६ स्थित छुमा गणेश द्यो छे पुनःनिर्माणका लागि ५० लाख थप विनियोजन गरेकोे छ ।
लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैया, वडा नं. ५ मा तरकारी बजार निर्माण गर्न ७० लाख रुपैया थप विनियोजन गरेको छ भने कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख र व्यवस्थित वधशाला निर्माण गर्न रु. १० लाख बजेट राखेको छ ।
नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि रु. १ करोड, वडा नं १० मा डिप बोरीङ गर्न २५ लाख, वडा नं १ को सिंहख्वातेमा डिप बोरिङ गर्न रु. २० लाख र वडा नं ९ को तुमचोमा खानेपानी पूर्वाधार निर्माण गर्न रु. २५ लाख बजेट विनियोजन गरेको छ ।
हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैया, अरनिको सभाभवन निर्माणका लागि नगरपालिकाबाट रु. ३ करोड २० लाख र बागमती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाएको छ । साथै कमलविनायक बहुउद्देश्यीय भवन निर्माण कार्यका लागि ४ करोड, वडा नं ९ तौलाछे वाथिकुथि (लिवि)मा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण कार्यका लागि २५ लाख विनियोजन गरिएको छ भने वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तरोन्नतिका लागि ५०÷५० लाख गरी कुल ५ करोड रुपैया विनियोजन गरेको छ ।
खेलकुदअन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड र शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा रु २५ लाख विनियोजन गरेको छ । नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको छ । भक्तपुर नगरपालिकाको आफ्नै ख्वप टेलिभिजन स्टुडियो निर्माण तथा सञ्चालनका लागि रु. ७० लाख तथा एफ एम सञ्चालनका लागि ३० लाख गरी कुल १ करोड विनियोजन गरेको छ । विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि रु. २० लाख, देको मिवा इटापाके आवास योजनाका लागि रु. १८ करोड, पार्किङ पूर्वाधार निर्माणमा रु. ५० लाख विनियोजन गरेको छ । सिसिटिभी प्रणाली जडान गर्न २३ लाख, आदर निकेतन भवन निर्माण गर्न थप रु. ५० लाख विनियोजन गरेको छ भने यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था बजेटले गरेको छ ।
नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८०”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८०” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले छलफलको लागि स्वीकृत गरेको छ । नगरसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!