झण्डै तीन अर्व रुपैयाको बजेट प्रस्तुत
मध्यपुर थिमि, असार १०, २०८०ः
कृष्ण किसिको सहयोगमा
मध्यपुर थिमि नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । मध्यपुर थिमि नगर पालिकाकोआज शुरु भएको ८ औं नगरसभामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
नगरसभामा नगर प्रमुख श्रेष्ठले आर्थिक विकास, संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन, उद्योग, वित्त तथा सहकारी, भुमिसुधार, सामाजिक विकास, खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सामाजिक सुरक्षा तथा गरीबी न्यूनिकरण, महिला विकास, बालबालिका, अपाङ्गता, दलित आदीवासी जनाजाती तथा अल्पसंख्यक, ज्येष्ठ नागरिक, युवा रोजगारी, श्रम तथा रोजगार, गैर सरकारी संघ संस्था, पुर्वाधार विकास, सडक, शहरी विकास, भवन निर्माण, सिचाईं तथा उर्जा, सूचना तथा सञ्चार, वन तथा वातावरण, फोहोर मैला व्यवस्थापन, जलस्रोत तथा भू संरक्षण, विपद व्यवस्थापन, सुशासन र संस्थागत विकासतर्फ मानव संशाधन विकास, राजश्व परिचालन, वित्तिय जोखिम न्यूनिकरण, योजना अनुगमन तथा मूल्यांकन, सुशासन तथा सेवा प्रवाह, दररेट निर्धारण, सवारी नियमनका बिबिध बुदामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सोहि सभामा उपप्रमुख विजयकृष्ण श्रेष्ठले आर्थिक बर्ष २०८०/८१ को लागि २ अर्व ९९ करोड ४० लाख २९ हजार २ सय रूपैयाँको बजेट प्रस्तुत गर्नुभयो।
नगरसभा स्थानिय कृषि बिकास बैकको तालिम केन्द्र बोडेमा भएको थियो।
PC: Sachin Bajracharya
