कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

भक्तपुर, असार १५, २०८०ः

आफ्नै काका ८१ वर्षीय कृष्ण बहादुर प्रजापतीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ३५ वर्षीय नुछे प्रजापतीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!