प्रधानमन्त्री प्रचन्ड भोलि मध्यपुर थिमि आउदै

नेकपाका संस्थापक जोशीको प्रतिमा अनाबरण तथा भवन समुदघाटन गरिने

मध्यपुर थिमि, असार १६, २०८०ः
रत्न काजि प्रजापति

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड भोलि मध्यपुर थिमि आउने निश्चित भएको छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायण बिलाश जोशीको स्मृतिमा निर्माण गरेको भवनको समुदघाटन तथा उहाको प्रतिमा अनाबरणको लागि प्रधानमन्त्री प्रचन्ड मध्यपुर थिमि आउदै हुनुहुन्छ।

नेता नारायण बिलाश जोशीको ३४ औ स्मृति दिबस्को अबसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको नारायण बिलाश जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा बागमति प्रदेशका कृषि मन्त्री राजेन्द्र मान श्रेष्ठले जानकारी दिनु भयो। संस्थापक नेता जोशीको स्मृतिमा मध्यपुर थिमि वडा न ४ मा स्मृति भवन निर्माण गरिएको र उहाको पुर्ण कदको ्प्रतिमा सोहि भवनको परिसरमा स्थापना गरिने छ।

समारोहमा प्रतिष्ठानका संरक्षक तथा पुर्ब प्रधानमन्त्रीहरु केपी शर्मा ओलि, माधब कुमार नेपाल र झलनाथ खनालको समेत उपस्थिति रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!