क़ृष्ण प्रजापति
जब नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । त्यो बेला देशमा आमूल परिवर्तन गर्ने लक्ष्य लिएको थियो । सुरुमा भारतको कलकत्तामा बसी रामेछाप निबासी पुष्पलाल श्रेष्ठ, काठमाडौकी मोतिदेवी श्रेष्ठ, नर बहादुर कर्माचार्य, नारायणविलाश जोशी र निरञ्जनगोविन्द बैद्य मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । सुरुमा आज भन्दा ७४ वर्ष अगाडि नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको बखत ती चार पाँच जना युवाहरु मात्रै मिलेर पार्टी स्थापना गरेका थिए । तर आखिरमा त्यो काम लाखौं लाख नेपाली जनताको समर्थन पाएर अहिले आएर ठूलो पार्टी भनेकै नेपाल कम्युनिष्ट पार्टी हुन सफल भएको छ । यो कार्यको श्रेय भने हाम्रा अग्रज वा संस्थापन नेताहरुलाई जान्छ । त्यस मध्ये अन्य संस्थापक नेताको नाममा प्रतिष्ठान बनिसकेको छ । पछिल्लो पल्ट २०७५ सालमा नारायण विलाश स्मृति प्रतिष्ठान स्थापना गरी मध्यपुर थिमिमा त्यसको भवन समेत बनाएर प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट अनावरण भएको छ ।
नारायणविलाश जोशी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक भएर पनि २०२१ सालमा लागू गरिएको पंचायती भूमिसुधार कार्यक्रमका अधिकृत हुन् । सो भूमिसुधार पंचायती ब्यवस्थाले लागू गरिएको भूमिसुधार थियो । त्यसैले हरेक पंचायती ब्यवस्थाका कार्यहरुको विरोध गर्ने क्रममा कम्युनिष्ट र कांग्रेस सबैले सुरुमा त्यसको कुरै नबुझि पनि विरोध गर्यो । पहिला काम गरी खाने मोहीहरुले जग्गा धनीलाई बाली तिरेपछि घर खाली नै हुन्थ्यो । त्यसैले बुँथु पिछु छेँ सुचु भन्ने उखान पनि चलेको थियो । कृषकहरु काम गर्ने भएपनि भोक भोकै पर्ने गर्थे । तर २०२१ सालमा काम गरी खाने ज्यामि वा मोहीलाई पनि २३ पाथि धान तिरे पुग्ने भयो । चामल कुटेर तिर्ने चलन हरायो । साथै जग्गामा पनि आधि अंश भाग लाग्ने भयो । भूमिसुधार लागू गरिएको सबै स्थानमा यो नियम कायम भयो । यो देशभर कायम भएको कार्यत्रफ्म थियो । त्यसो भएर पनि सचेत किसान नेताहरुको अभाव भएकाले भत्तफ्पुर जिल्ला एउटैमा मात्रै यो ८० प्रतिशत सपफ्ल भयो । देश भरका ८० प्रतिशत किसानहरु वा भूमि जोतिरहेकाहरु अहिले पनि मोहियानी हकबाट बञ्चित छन् । यसरी ८० प्रतिशत मोहीहरु आफ्नो मोहियानी हकबाट बञ्चित भइरहेको बखत भत्तफ्पुर जिल्ला एउटामा भने ८० प्रतिशत किसान जनताले भूमिसुधारलाई समर्थन गरेका कारण त्यसै अनुरुप खेत खलियानमा गएर नापीको बखत पंचायती ब्यवस्थाले लागू गरेको मोहियानी हक सुरक्षित गर्न सकेकाले भूमिसुधारका कारण भक्तपुर जिल्लामा ८० प्रतिशत जनताको मोहियानी हक कायम भएको हो । हाल जग्गा बाड़फाड भएको बेलामा आधि भएपनि जग्गा जमिन जोत्नेले पाउने गरेको छ । यो भक्तपुरका किसानहरु सचेत हुनुको परिणाम हो ।
किसान वर्गको लागि महत्वपूर्ण यस्तो पंचायती भूमि सुधारलाई त्यो बेलाका अल्पबुद्धि भएका कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस पार्टीले समेत विरोध गरेको थियो । तर पछि उनीहरु पश्चातापमा परे । नारायणविलाश जोशी त्यो बेला भूमिसुधार कार्य्क्रमको अधिकृत रहेको थियो । त्यसरी देश भर पंचायती ब्यवस्थाले भूमि सुधार लागू गरेको बखत जमीन जोत्नेको नाम लेखाउन खेत खेतमा गएर लड्ने भक्तपुरका किसान नेताहरु बुद्धि कुमार गोसाई, गोबिन्द दुवाल, ज्ञानबहादुर न्याइच्याई, बाबुकाजी बासुकला पछि राजनीतिक नेताको रुपमा देखा परे । उनीहरु मध्ये कतिपय सांसद र मेयर बनेर आ्फ्नो जीवन सकाएर गएका छन् । यसरी हेर्ने बखत पंचायती ब्यवस्थाले लागू गरिएको भूमि सुधारलाई जनताको हीत अनुकूल लागू गर्ने कार्यमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नारायणविलाश जोशीलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर, बागमती र नारायणी अञ्चलका इन्चार्ज रहेका नारायणमान बिजुक्छेँ रोहितले पूर्ण समर्थन र साथ दिएको पाइन्छ ।
प्रतिक्रियावादी भन्दा पनि प्रतिक्रियावादी संघ संस्थामा गएर पनि जनताको सेवा गर्नु पर्दछ भन्ने लेनिनवादी नीति त्यो बेला नारायणविलाश जोशीले प्रयोग गरेको पाइन्छ । पंचायती ब्यवस्थाले लागू गरिएको भूमि सुधार कार्यक्रमलाई आ्फ्नो अनुकूल वा जनताको हीत अनुकुल गर्ने कार्य भक्तपुरमा पूर्ण रुपमा सफल पार्न कम्युनिष्ट पार्टीका संस्थापक नारायण विलाश जोशीलाई नारायणमान बिजुक्छेँले सहयोग नगरिएको भए भक्तपुर भित्रको ८० प्रतिशत किसानहरुको त्यो बेला बाली तिरेपछि घर खाली हुने भनाई अहिले पनि लागू हुने थियो होला । अहिले त आधि जग्गा सबैजसो किसानहरुले पाउने गरेका छन् । त्यसपछि त्यो बेला सहकारीको भावना अगाडि आयो । २०२५ सालमा नवदुर्गा बहुमुखी सहकारी संस्था स्थापना भयो । त्यो बेला पनि किसान जनतालाई एकजुत पार्ने कार्य भएको थियो । किसानसंग तीन माना, जग्गा धनीसंग छ माना र किसान र जग्गा धनी आफ्नै हुने कृषकसंग रोपनीको नौ माना दरले धान संकलन गरी बचत गर्न लगाएर नवदुर्गा बहुमुखी सहकारी संस्थाको स्थापना गरिएको थियो ।
नवदुर्गा बहुमुखी सहकारी संस्थाले सुरुमा उन्नत जातको बिउ बिजन समयमा ल्याइदिने, रासायनिक मल सस्तोमा समयमै सहुलियत दरमा पुग्ने बन्दोबस्त गर्ने र साधारण किसानहरुको लागि किटनाशक औषधीको सुलब ब्यवस्था गर्ने लक्ष्य लिएको थियो । यति उच्च लक्ष्य राखेर स्थापना गरिएको संस्था पछि भ्रष्टाचारमा दुब्न थाल्यो । त्यसका भ्रष्ट कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले बचतको पैशाले चितवन गएर मकै ब्यापार गर्न थाले । छलछाम पूर्वक सञ्चालक समितिको बैठकले पारित गरे अनुसार नयाँ कार्यसमिति चयन भएको नक्कली कागजमा सही गराउन थाले । त्यो थाहा पाएर त्यसका भ्रष्ट अध्यक्ष कृष्ण्भक्त चौगुठी मंगलेचालाई २०२५ सालको श्रावण २ गते पशुपति महादेवको पछाडीबाट लुकेर निर्णय कपिमा सही गराएको स्थानबाट समाएर ल्याई मञ्चमै कालो मोसो दलेर नगर परिक्र्मा गराएर भ्रष्टाचारको पोल खोले । उल्टो टोपी लगाएर नगर परिक्रमा गराए । यस घटनाको सम्झनामा अहिले पनि भक्तपुरमा प्रभाव जमाउन सपफ्ल नेमकिपाले भ्रष्टाचार बिरोधी दिवस मनाइन्छ ।
नेपाल कम्युनिष्ट पार्टी सुरु भएको बखत जनतालाई आमूल परिवर्तनको बाटोतिर अग्रसर गराउने र देशमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने लक्ष्य लिएको थियो । तर पार्टी भित्र त्यस्ता भ्रष्ट ब्यक्तिको हालिमुहाली चलेपछि पार्टीका नेतृत्वकारी वर्गलाई त्यो बेलाका किसानहरुले कारवाही गर्नु पर्ने अवस्था सिर्जना भएको थियो । त्यसैले भ्रष्टाचार उन्मुलन भनेको आ्फ्नो मन भित्र पैदा हुनु जरुरी छ । अरुको भरमा वा अरुले कर गरेको भरमा भ्रष्टाचारको उन्मुलन सम्भव छैन । आज पनि देशमा नक्कली भूटानी शरणार्थी बनाएर देशका जनतालाई विदेशमा बेच्ने कार्य गरेको भ्रष्टाचार चर्चाको विषय बनेको छ । त्यसैगरी ललिता निवास भन्ने प्रम निवास बालुवाटारको जग्गा समेत बेच्न सक्ने भ्रष्टहरुलाई एक एक गरी पक्राउ गरी कारवाही अगाडि बढाएको कुरा मिडियामा छाइरहेको छ । यो हिसाबले कम्युनिष्ट आन्दोलन भित्र लामो समयसम्म भूमिगत जीवन बिताई खुल्ला राजनीतिमा आउने बिटिक्कै पार्टी उपाध्यक्षको हैसियत कायम गर्न सपफ्ल नारायणकाजी श्रेष्ठ प्रकाश एकजना अहिले सम्मकै सक्षम र शक्तिशाली गृहमन्त्रीको रुपमा स्थापित भएको छ । आज देशमा भ्रष्टाचार विरुद्ध विभिन्न खालको अभियान चलिरहेको बखत हिजोको भ्रष्टाचार विरुद्ध भएका इतिहासलाई पनि हामीले भुल्नु हुँदैन ।