एसईईको परीक्षाफल आज सार्वजनिक गरिँदै

काठमाडौँ: २१ असार २०८०,

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्ने लगायत प्राविधिक कार्य भइसकेको जानकारी दिए ।

गत चैत १७ देखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कुल चार लाख ८५ हजार ३९६ विद्यार्थीको सहभागिता रहेको थियो । दुई लाख ४२ हजार ७१२ छात्रा र दुई लाख ४२ हजार ६७४ छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार ४६१ परीक्षार्थी समेत एसईईमा सहभागी थिए ।

नतिजा कसरी हेर्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!