मध्यपुर थिमि, साउन २४, २०८०ः
थिमि भैल चपाच्व २०८० लाई थिमि स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ।

थिमि भैलको प्रचार प्रसार कार्यक्रमको अबसरमा सहकारीले रु एक लाख एघार हजार एक सय एघार रुपिया सहयोग गरेको हो। थिमि स्वाबलम्बन साकोसका अध्यक्ष दिल कृष्ण प्रजापतिले थिमि भैल चपाच्व २०८० ब्यबस्थापन समितिका संयोजक चन्द्र कृष्ण प्रजापतिलाई उकत रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो।
सहकारीको स्थानिय कला, संस्कृति र सम्पदा संरक्षण अन्तर्गतको सामाजिक उतरदायित्व बहन गर्दै उकत सहयोग गरेको संस्थाका अध्यक्ष दिल कृष्ण प्रजापतिले बताउनु भयो।
करिब ३२ बर्ष पछि थिमि चपाचोका स्थानिय प्रजापति समुदाय मार्फत भैल नाच प्रदर्शन हुन लागेको हो।
