श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योगमन्त्रीलाई ज्ञापन पत्र

श्रावण २८, २०८० आइतबार

रौतहटका उखु किसानहरुले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् ।

आईतवार गडा चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट उनीहरुले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल्स सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् । रौतहटमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड अप्रत्याशित रुपमा २०७७ साल श्रावण ११ गतेदेखि बन्द गर्ने सूचना प्रकाशित हुनु र २०८० श्रावण ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति किसानहरुको ध्यानाकर्षण भएको बताए । उनीहरुले उद्योग स्थापनाको समयमा स्थानीयहरुले भविष्यको लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्न बिक्री गरेको र अहिले बन्द भएसँगै किसानहरुलाई दैनिकी चलाउनै असहज भएको बताए । उनीहरुले अप्रत्याशित रुपमा गरिएकोटेण्डर प्रक्रिया रद्ध गर्नुपर्ने, उद्योग सञ्चलनमा राज्य पक्षले आवश्यक समन्वय एवं सहयोग गरी सञ्चालन गर्नुपर्ने, उद्योगको नाम÷स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने, उद्योगलाई धराशायी बनाउने कर्मचारी तथा दलालहरुलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग सहितको ज्ञापनपत्र मन्त्री रिजालाई बुझाएका छन् । उनीहरुले आफूहरुका माग नजरअन्दाज गरे जनसंघर्षका कार्यक्रम थाल्ने चेतावनी समेत दिएका छन् । ज्ञापन पत्र ग्रहण गरेसँगै मन्त्री रिजालले सरकारको कानूनले भनेअनुसार मिल्स उद्योगको काम कारबाही अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!