पशुपंक्षीसँग सम्बन्धित निकायमा शुन्य बजेट ः बिरोघ स्वरुप आज धर्ना र जुलुस

काठमांडौ, भाद्र ६, २०८०ः
रत्न काजी प्रजापति

नेपाल सरकारले पशुपंक्षी सँग सम्बन्धित करिब २० निकायहरुको बजेट शुन्यमा पुर्याएको भन्दै पशुपंक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले आफ्नो धोषित आन्दोलनमा कार्यक्रम अनुसार आज जुलुस प्रदर्शन गरेका छन।

भेटेरीनरी कम्प्लेक्स त्रिपुरेश्वोर बाट बिभिन्न नारा उल्लेखित प्लेकार्ड सहित ्निस्किएको जुलुस माईतिघर मन्डलामा पुगेर धर्ना तथा सभामा परिणत भएको थियो। सयौको संख्यामा सहभागी रहेको जुलुस पछिको सभालाई बिभिन्न ब्यक्तित्वहरुले सम्बोधन गरेका थिए।

सरकारले २०८० जेष्ठ १५ गते प्रस्तुत गरेको बजेट वक्तव्य मार्फत पशुपंक्षी सँग सम्बन्धित बिभिन्न निकायहरु, पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला,खोरेत तथा सिमा बिहिन पशु रोग अन्वेषण प्रयोगशाला, सार्क क्षेत्रिय सहयोग इकाई कार्यालय, पशु आनुबांशिक स्रोत केन्द्रहरु, राष्ट्रिय दुग्ध विकास वोर्ड लगायतका कार्यालयको बजेट शुन्य अवस्थामा पुर्याएको थियो। त्यसको बिरोध स्वरुप पशुपंक्षीसंग सरोकार राख्ने करिब १२ संघ संस्थाहरुले चरणबद्द आन्दोलनको घोषणा गरेका थिए।

जस अनुसार आज पशुसेवासंग सम्बन्धित सम्पुर्ण सरोकारवाला संघ संस्थाहरुको सहभागितामा त्रिपुरेश्वोर देखि माईतिघर मन्डलासम्म जुलुस र धर्ना सहितको सभा आयोजना गरिएको नेपाल भेटेरेनरी एसोसियसनका केन्द्रिय महासचिब डा केदार सुबेदिले जानकारी दिनु भयो।

नेपाल भेटेरिनरी एसोसियसन, नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ, नेपाल पशुपंक्षी औषधि पैठारीकर्ता संघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल पारा भेटेरिनरी एण्ड लाईभस्टक एसोसियसन, नेपाल एनिमल साइन्स एसोसियसन, नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ, नेपाल लेयर्स कुखुरापालक संघ, डेरी उद्योग संघ, भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल र भेटेरीनरी पब्लिक हेल्थ एसोसियसन नेपालको संयुक्त पहलमा आन्दोलनका कार्यक्रमहरु जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!