आफ्नै साथीलाई अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न चार जना बालक पक्राउ

पर्सा, २०७९-०९-२५:

आफ्नै साथी वीरगञ्ज महानगरपालिका-१६ बस्ने १६ वर्षीय बालकलाई अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा ४ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालक घर छेउको कलधारामा मुख धोइरहेको अवस्थामा चार जनाले शनिबार बिहान अपहरण गरेकोमा प्रहरीले खोजी गर्ने क्रममा करिब ३ सय मिटर टाढा सुनसान खाली चौरमा मुखमा गलबन्दी, पन्जा तथा रूमाल कोचेर केबलको कालो तारले वाँधीएको अवस्थामा फेला पारी उद्दार गरेको थियो । उनीसँगै अध्ययन गर्ने चार जनाले कक्षामा सँधै प्रथम भएकोले रिस, द्वेस र  डाहले उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण तथा शरीर बन्धक कसूरमा ६  दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!