फिनल्याण्डमा रोजगारी मिलाई दिन्छु भन्दै ठगी गर्ने कार्यमा संलग्न पक्राउ

काठमाडौं, २०७९-०९-२५:

फिनल्याण्डमा आकर्षक तलब सुबिधामा रोजगारी मिलाइ दिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा म्याग्दी गाउँपालिका-१ घर भई काठमाडौं जोरपाटी बस्ने २६ वर्षीया मनिषा पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मासिक १ लाख ४२ हजार रुपैयाँ तलब र खाना बस्नको सुबिधा सहित फिनल्याण्डमा पठाइदिन्छु भन्दै पीडितहरूलाई आवश्यक कागजातहरू सहित काठमाडौं बोलाई विश्वासमा पारी उक्त नगद ठगी गरेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!