लोमस फर्मास्युटिकल्सको ‘CEPOX 200’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं/ रत्न काजि प्रजापति ।

औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालि, द्वारा उत्पादित ‘CEPOX 200’ औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा उक्त औषधि USP 2026 अनुसार dissolution test मा मापदण्डअनुरूप नभएको पाइएको हो।

विभागले ब्याच नं. CET3.0825, उत्पादन मिति डिसेम्बर २०२५ र म्याद सकिने मिति नोभेम्बर २०२७ भएको औषधिको बिक्री–वितरण रोक्का गरी तत्काल फिर्ता गर्न निर्देशन दिएको हो।

साथै, उक्त ब्याचको औषधि सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन विभागले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!