सरकारको चित्र र चरित्र : डा. राजेन्द्र कोजु

हरेक वर्ष विदेशिने पैसाबाट नै नेपालमा पूर्वाधार सम्पन्न विद्यालय कलेज बन्न सक्छ । नेपालको प्राकृतिक सौन्दर्य भू-वनावट, पर्यावरण हावापानीका कारण पर्यटन उद्योगको सम्भावनता त छ नै, यसका अलावा शैक्षिक पर्यटनको समेत प्रचुर सम्भावना छ ।

नेपालको राजधानी काठमाडौँ पूर्व पर्ने दोलखा जिल्लाको एउटा नयाँ तथ्याड्ढ हेर्ने मौका पाएँ । जिल्लाभरी १३,८४३ घरमा ताला लागेका अवस्था रहेछन् । एउटा प्राथमिक विद्यालयमा १८१ जना विद्यार्थी पढ्ने रहेछन् । जसमध्ये १३९ विद्यार्थी दलितका बच्चा पढेका रहेछन् । यो तथ्याड्ढले नेपालको डरलाग्दो भविष्य र खराब सम्भावनाका चित्र प्रदर्शन गरिरहेको छ । समाज कतातिर जाँदैछ, कस्तो अवस्थामा गुज्रिरहेको छ भनेर अब लामो व्याख्या गरिरहनु नपर्ला भन्ने लाग्छ । समाजको मनोविज्ञान अनिश्चितता, अविश्वास र निराशातर्फ उन्मूख छ । सबै मानिस आफ्नो देश छोडेर विदेशतिर र गाउँबाट सहरतिर भाँर्सिदैछन् । कोही सहरले त, कोही कहरले आफ्नो क्षमता अनुसारको देश र सहरमा खुसी किन्नका लागि हिड्ने क्रममा दोलखाको यो अवस्था आएको हो ।

गुणस्तरीय शिक्षा, सुविधा सम्पन्न विद्यालय र भोलीका दिनमा नाम, दाम, काम , माम सजिलै प्राप्त गर्न सकिने क्षमता, योग्यता दिनसक्ने शिक्षाको खोजीमा सहर बजारमा बसाई जाने रहर र बाध्यता धेरैका छन् । यसैका लागि घरबाट निक्लेका मानिसहरु घर नफकिँदा यति धेरै घरमा ताला लागेका हुन् भन्न अब डराउनु पर्दैन । समाजका हुने खाने र हँुदा खाने बीचको असमानता उक्त प्राथमिक विद्यालय छयाङ्गै देख्न सकिन्छ ।

सदियौ देखि जातीय, साँस्कृतिक र आर्थिक रुपमा उपल्लो मानिने जात फेरि पनि आफूलाई उन्नत, भिन्न, विशेष र समृद्घ देखाउने प्रतिस्पर्धाका कारण गाउँ छोड्न, सहर छोड्न र देश छोड्न तयार भएकै छन् । देश, माटो र विकास चाहिने त त्यही भूईमान्छे र गरिब नै रहेछन् । परिस्थितिसंग जुध्ने बाहेक अरु उपाय रहँदैन यी मान्छेहरु संग । बुढ्यौली समाजको निर्माण, युवाहरुको पलायन र नयाँ बालबालिकाहरुको यान्त्रिकरण आजको चुनौति र समस्या दुबै हुन् ।

भर्खरै प्रकाशित एउटा तथ्याङ्क अनुसार १,१०,२१७ जना विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएका रहेछन् । एक वर्षमा १ खर्ब १५ अर्ब रकम शिक्षाका लागि विदेशिएको छ । यी सबै कुराले नेपालको विदेश मोह बढेको र राष्ट्रियता कमजोर भएको स्थिति उडाङ्गो भएको छ । एकातर्फ समाजवादको नारा लगाउने जमात बढ्दो छ । समानता, स्वतन्त्रता, समृद्घि, समभाव र समदृष्टि कसलाई मन पर्दैन र ! तर, यही आर्दश र सपना बेचेर पद, पैसा, सम्मान पाइरहेको ‘नेता’ भनाउँदाहरु इमान्दार छैनन् । उनीहरुका आर्दश ढोंगी सावित हुने गरेका छन् । भएको संरचना ध्वष्ट पारेर मात्र नयाँ निर्माण सम्भव छ भन्दै राष्ट्रिय पुँजी संस्कृति र परम्परालाई ध्वंश गर्दै नयाँको खोजीमा फगत सपना, कल्पनाको खेती गर्ने नेताहरुले जनतालाई देखाएका सपना त पूरा गर्न सकेनन् नै, झन भएका संरचनालाई समेत उठलपुथल पारी खाउँ न निल्नु बनाईदिएका छन् । राष्ट्रिय प्ूाँजी जो जनताको श्रम, पसिना र मिहिनेतले लामो समयको अन्तरालमा साँचेको हुन यसलाई समेत ध्वष्ट बनाई दलाल पूँजीवादलाई प्रशय दिइरहेका छन् । कम्युनिष्टहरु जो गरीब सर्वहारा वर्गको वकालत गर्छन् ती पनि नारा र व्यवहारमा समानता नभएका पूँजीवादको दलदलमा फसेका र कम्युनिष्टको खोल ओढी गन्हाएका मात्र छन् वाट नेपालमा समाजवाद मृगतृष्णा मात्र बनाउने सम्भावना बढ्दै गईरहेको छ ।

यही चिन्तनका कारण नेपालमा हाल कायम रहेका शैक्षिक व्यवस्था र संरचनामाथि निरन्तर प्रहार गरिँदा युवा छन् । हरेक वर्ष उच्च शिक्षको खोजीमा जानेहरु लाखौँको संख्या पुग्ने गरेको छ । हुँदा हुँदा प्राविधिक धारमा समेत आकर्षण घट्न थालेको छ । यो वर्ष CTEVT बाट सम्बन्ध प्राप्त डिप्लोमा तहको इन्जिनियरिङ वा प्राविधिक धारमा भर्ना हुने र भर्ना हुने इच्छापत्र जाहेर गरेका विद्यार्थी संख्या निराशाजनक छ । यो सबै सरकारका जाने पार्टीका व्यवहार र नीति परिणाम हुन् । सरकारले विद्यमान शैक्षिक संघ संस्थालाई कमजोर बनाउन ल्याईएका शिक्षा ऐन नियमावाली तथा र विद्यालय र कलेज संचालकहरुको मनोबल गिराउन प्रचार गरिएका हल्लाहरु र गलत टिकडम नै प्रमुख कारण हुन् भन्ने लाग्छ । नेपालका विद्यालय र कलेजले नै विश्व स्तरको शिक्षा दिन सक्छन् भन्ने विश्वास दिलाउन र उच्च शिक्षाका लागि विदेश जाने अभ्यास बन्द गर्न सक्नुपर्छ ।

नेपालमा नै अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न विद्यालय निर्माण गरिएमा अर्बौं रकम शिक्षाका लागि विदेशिने थिएन । हरेक वर्ष विदेशिने पैसाबाट नै नेपालमा पूर्वाधार सम्पन्न विद्यालय कलेज बन्न सक्छ । नेपालको प्राकृतिक सौन्दर्य भू-वनावट, पर्यावरण हावापानीका कारण पर्यटन उद्योगको सम्भावनता त छ नै, यसका अलावा शैक्षिक पर्यटनको समेत प्रचुर सम्भावना छ । नेपालले Brain Gain लाई भन्दा Brain Drain लाई प्रशय दिने नियम, नीति र कानून बनाउने र दलाल अर्थतन्त्रलाई बलियो बनाउने कार्य गर्दै आएको छ । नेपाली नेता, प्रशासक र नीति निर्माण तहमा बस्ने मानिसको चेतनामा समस्या होइन, चिन्तनमा नै खराबी छ । खराब चिन्तनबाट ग्रसित प्रशासकहरु, नेताहरु र कर्मचारीहरुले विदेशीको दलाली गर्ने र व्यक्तिगत सुविधा र नाफा गर्ने मात्र सोच्ने गरेका छन् ।

नेपालको काम बजार र उद्योग धन्दालाई कमजोर बनाई बेरोजगार युवाहरुको संख्या हात्तै बढाउने र उनीहरुलाई निराश पार्ने, राष्ट्र – राष्ट्रियता प्रति आशा – भरोशा गर्न नसकिने परिस्थितिमा मज्जाले खेलेर नेपालको कामदार विदेशमा सस्तोमा बेची फाईदा लुट्न चाहने कर्मचारीतन्त्र नै देश कमजोर हुनुमा खास दोषी छन् । नेपालको सबै क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्र कमजोर र दलालहरुको प्रभाव र साम्राज्य हानी छ । दलाल अर्थतन्त्र सक्रिय भए सम्म देश सुध्रिनेवाला छैन । यसको विरुद्घ कठोर र निर्मम लडाई आवश्यक छ । पछिल्लो समयमा सरकार त्यही संकल्पका साथ अगाडि बढेको जस्तो देखिन्छ तर सरकार फेरि देशी विदेशी दबाबका कारण ताङ्गमूनी पूच्छर लुकाएर भाग्ने हो कि भन्ने चिन्ता पनि त्यतिकै छाएको छ ।

(डा. राजेन्द्र कोजु रोम्बस सेकेन्डरी स्कुल भक्तपुरका प्रिन्सिपल तथा रास्ट्रिय मानब अधिकार प्रतिष्ठान भक्तपुरका अध्यक्ष हुनुहुन्छ।)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!